You are viewing the translated version of अवरुद्ध सेवा यथासक्य छिटो सुचारू गर्नु पर्ने.
Section 29
अवरुद्ध सेवा यथासक्य छिटो सुचारू गर्नु पर्ने
(१) अनुमतिपत्र प्राप्त सेवाप्रदायकले अवरुद्ध खानेपानी तथा सरसफाइ सेवा वा ढल निकास सेवा यथासक्य छिटो सुचारू गर्नु पर्नेछ।
(२) ऐनको दफा २५ को उपदफा (१) बमोजिम निजी वा सार्वजनिक जग्गामा विच्छ्याइएको वा नियम २५ को उपनियम (१) बमोजिम विशेष स्थानमा बिछ्याइएको खानेपानी तथा ढल निकासको पाइप वा बनाइएको कुनै संरचना वा प्रणालीमा विपद् वा अन्य कारणले हानि नोक्सानी वा क्षति पुगी सेवा अवरुद्ध भएको वा हुनसक्ने अवस्थामा सेवाप्रदायकले सम्बन्धित निकाय वा जग्गाधनीलाई पूर्व जानकारी दिई यथासक्य छिटो संरचना वा प्रणालीको. मर्मत सम्भार वा पुनःनिर्माण गरी अवरुद्ध सेवा सुचारू गर्नु पर्नेछ।